Wednesday, February 17, 2010

फुल सम्झी सजाए तिमीलाई

फुल सम्झी सजाए तिमीलाई
तर,
तिमीले कडा बनि रोपिदियेउ
प्रकाश सम्झी ग्रहण गरें तिमीलाई
तर,
तिमीले मेरो संसार नै अन्धकारले छोपिदियेउ
अमृत सम्झी पिएँ तिमीलाई
तर,
तिमीले बिष बनि मात दियेउ
निस्वार्थी सम्झी चोखोमाया दिएँ तिमीलाई
तर,
तिमीले निस्टुरी बनि घात दियेउ

म टुटे त के भो र
अरुलाई चोखोमाया सधै गरिराख
मेरो माया सकिए त के भो र
तिम्रो त अरुलाई साँचिराख
मेरो आँखामा आँसु भए त के भो र
तिमि त सँधै हाँसिराख
मेरो मृत्यु भए त के भो र
मेरो आयु पनि लिई तिमि सधै सधै बाँचिराख...
aashish