Saturday, October 31, 2009

तिमी बिनाको रुखो जीवन भन्दा...

तिम्रो एक झलकको पर्खाइमा आँखाको नानी तारसी सकें
तिम्रो एक बोलीको आशामा हजारौ सपना बुनी सकें
तिमीसंगको प्रतेक पल लाखौ खुसि भन्दा प्यारो छ
कोशौ टाढा तिमी भए पनि हरपल तिम्रो साथको आभास छ
प्रकृतिको अनमोल रतन भन्दा अनमोल तिम्रो यादको एक मुस्कान छ
तिमी बिनाको रुखो जीवन भन्दा तिमीसंगको पागलपन स्वीकार छ
By
aashishjii

Wednesday, October 28, 2009

कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला

आँखा बिछाएको छु कसैको पर्खाइमा
मुटु धड्किन्छ एउटा अन्जानको मायामा
मिलनमा आँखा रसाउला अनि यो मन खुसि पनि होला
कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला

उसको मायामा सबै कुरा लुटाईदीन्छु बस्
उनीलाई आँखा भित्र लुकाईदिन्छु बस्
उनको कदममा बिछ्यैदिन्छु खुसिहरु सारा
न सोध साथीहरु कति मनमोहक त्यो साँझ होला
कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला

सपनामा त सधै सताउँछौ मलाई बस् एक पल्ट त बिपनामा आइदेउ
जान दिन्न कतै तिमीलाई मन भित्र लुकाई दिउंला
तिम्रो मायाले मेरो संसारमा खाली खुसि नै खुसि होला
कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला
By
aashishjii

हेर ती काला काला आँखाहरु कस्ता हुन्छन...

हामी दुइ आकाश माथि संगै संगै उडु भन्दा
मनका भावना प्रफुल्लित्भई बगी दिदा कस्ता हुन्छन
उड्दा उड्दै ठक्क ठोक्की झट्ट गरि भुइमा झर्दा
हेर ती काला काला आँखाहरु कस्ता हुन्छन

तिमि र म माया रुपी जालो भित्र एकै पल्ट पसौ भन्दा
दुई मुटुको धड्कन धड्किदिदा कस्ता हुन्छन
माया गर्ने मान्छेले चटक्कै छाडी हिड्दा
हेर ती काला काला आँखाहरु कस्ता हुन्छन

तडपिन्छु यादमा तिम्रो याद गर्छु सधै भन्दा
आँखा भरि तिमिनै तिमि छाहिदिदा कस्ता हुन्छन
पर्खेको मान्छे त निस्टुरी बनि कोसौ पर भै दिदा
हेर ती काला काला आँखाहरु कस्ता हुन्छन

by aashishjii