Wednesday, October 28, 2009

हेर ती काला काला आँखाहरु कस्ता हुन्छन...

हामी दुइ आकाश माथि संगै संगै उडु भन्दा
मनका भावना प्रफुल्लित्भई बगी दिदा कस्ता हुन्छन
उड्दा उड्दै ठक्क ठोक्की झट्ट गरि भुइमा झर्दा
हेर ती काला काला आँखाहरु कस्ता हुन्छन

तिमि र म माया रुपी जालो भित्र एकै पल्ट पसौ भन्दा
दुई मुटुको धड्कन धड्किदिदा कस्ता हुन्छन
माया गर्ने मान्छेले चटक्कै छाडी हिड्दा
हेर ती काला काला आँखाहरु कस्ता हुन्छन

तडपिन्छु यादमा तिम्रो याद गर्छु सधै भन्दा
आँखा भरि तिमिनै तिमि छाहिदिदा कस्ता हुन्छन
पर्खेको मान्छे त निस्टुरी बनि कोसौ पर भै दिदा
हेर ती काला काला आँखाहरु कस्ता हुन्छन

by aashishjii

No comments:

Post a Comment