Wednesday, October 28, 2009

कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला

आँखा बिछाएको छु कसैको पर्खाइमा
मुटु धड्किन्छ एउटा अन्जानको मायामा
मिलनमा आँखा रसाउला अनि यो मन खुसि पनि होला
कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला

उसको मायामा सबै कुरा लुटाईदीन्छु बस्
उनीलाई आँखा भित्र लुकाईदिन्छु बस्
उनको कदममा बिछ्यैदिन्छु खुसिहरु सारा
न सोध साथीहरु कति मनमोहक त्यो साँझ होला
कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला

सपनामा त सधै सताउँछौ मलाई बस् एक पल्ट त बिपनामा आइदेउ
जान दिन्न कतै तिमीलाई मन भित्र लुकाई दिउंला
तिम्रो मायाले मेरो संसारमा खाली खुसि नै खुसि होला
कहिँ न कहिँ कसै न कसैलाई त मेरो प्रतिक्षा पनि होला
By
aashishjii

No comments:

Post a Comment