Friday, November 6, 2009

अधुरोपन...

तिमी जानेछौ कुनै दिन भनेर
अहिले नै अधुरोपन महसुस गरें
तिमीलाई अवस्य रोक्ने छु भनेर
घन्टौ टोलाएर, तिमीलाई भन्ने शब्द खोजें

तर अफसोस, तर अफसोस
तिमी जानेनैछौ कुनै दिन भनेर
शब्दहरुले नि मेरा साथ छोडे
तिम्रो एक मायालु नजरको आशमा
तिम्रो अगाडी भरिएका आँशु छोप्न थालें

तिमीसंगको प्रतेक पल सम्झदा
केहि पाएँ त केहि गुमाए जस्तो लाग्न थाल्यो
तिम्रो एक मुस्कान नदेख्ने डरले
संसार नै निर्थक लाग्न थाल्यो

तिमीलाई के थाहा, तिमीलाई के थाहा

के छ मेरो मनमा तिम्रो लागि भनेर
तिमी जानेनैछौ कुनै दिन भनेर
हरपल तिम्रो अभावको अनुभब भयो
तिमी संग बिछोड हुने डरले
जीवनको अर्थनै सिर्फ साँस लिनु भयो
सिर्फ साँस लिनु भयो...!!!
by aashishjii

No comments:

Post a Comment